मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढीपहिरोः लाभग्राहीको संख्या यकीन गरेर यथाशीघ्र विवरण पठाउन गृहमन्त्रीको निर्देशन

बाढीपहिरोः लाभग्राहीको संख्या यकीन गरेर यथाशीघ्र विवरण पठाउन गृहमन्त्रीको निर्देशन

न्यूजस्टोरी

काठमाडौं । गृहमन्त्री रमेश लेखकले बाढीपहिरोबाट प्रभावित लाभग्राहीको संख्या यकीन गरेर यथाशीघ्र विवरण पठाउन मातहतका निकायलाई निर्देशन दिएका छन्।

गृह मन्त्रालयले यसरी लाभग्राहीको संख्या यकीन गरेर आएमा तीन दिनभित्रै अस्थायी आवासका लागि रकम निकासा गर्ने जानकारी गराएको हो।,पहिरो र डुबानलगायतबाट प्रभावित जिल्लालाई चाँडोभन्दा चाँडो लाभग्राही पहिचान गरी पठाउन निर्देशन भइसकेको जानकारी दिए। गृह मन्त्रालयमा शनिबार आयोजित एक कार्यक्रममा उनले लाभग्राही पहिचान भएर आएको तीन दिनभित्र अस्थायी आवासका लागि रकम निकासा गर्ने प्रस्ट पारे।

गृहमन्त्री लेखकले विपदबाट ठूलो जनधनको क्षति भएको बताए। उनले घाइतेहरुको सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको बताए। गृहमन्त्री लेखकले अहिले मृतकका परिवारलाई दुई लाख राहत दिने निर्णय गरेर जिल्लामा रकम पठाइसकिएको बताउँदै सम्बन्धित जिल्लाले पीडितलाई राहत रकम वितरण गरिरहेका जानकारी दिए। उनले उद्धार, राहत र पुनःस्थापनामा सरकारी गम्भीर भएर लागेको उल्लेख गरे।

यही असोज १० देखि १२ गतेको वर्षाका कारण देशभर गरेर दुई सय ३९ जनाको मृत्यु भएको छ, भने अझै १९ जना हराइरहेका छन्।