मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हुम्लामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

हुम्लामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

न्यूजस्टोरी

हुम्ला, १९ असोज । हुम्लास्थित ताँजकोट गाउँपालिका–४ को तीर्थसैनामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घट्नास्थलमै मृत्युभएको छ ।

हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको लु १ ज २३४३ नम्बरको जीप आज दिउँसो दुर्घटना हुँदा नेपालगञ्ज उपमहानगरपालीका-२० निवासी ४९ वर्षीय विष्णु परियार र हुम्लाको चङ्खेली गाउँपालिका-६ का करिब छ वर्षीय बालक अभिषेक बुढाको मृत्युभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।
रोकिराखेको जीप आफैँ पछाडितर्फ गुडेर तीन सय मिटर तल खसेको बताइएको थियो । मृतक परियार दसैँ मनाउनका लागि सदरमुकाम सिमकोटबाट घर गएको र उहाँसँगै बालक बुढा पनि मामाघर गइरहेका थिए ।