काठमाडौँ । सिन्धुलीको सिस्नेरीमा हायस दुर्घटना भएको छ। शुक्रबार काठमाडौँबाट विराटनगर जाँदै गरेको बा ५ ख ६६१८ नम्बरको हायस दुर्घटना भएको हो । दुर्घटनामा परेर १५ जना घाइते भएका छन् । तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको रहेकाे छ भने चारजना सकुशल छन्।
उनीहरुलाई सिन्धुली अस्पतालमा सामान्य उपचारपछि धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । हायसमा १९ जना सवार रहेको समेत प्रहरीको भनाई छ ।


प्रतिक्रिया