मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भौतिक मन्त्रालयको निष्कर्ष : दशैंअघि वीपी राजमार्ग खुल्ने अवस्था छैन

भौतिक मन्त्रालयको निष्कर्ष : दशैंअघि वीपी राजमार्ग खुल्ने अवस्था छैन

न्यूजस्टोरी

काठमाडौं । भौतिक तथा पूर्वाधार मन्त्रालयले बीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने  निष्कर्ष निकालेको छ । बुधबार मन्त्रालय र सडक विभागको टोलीले नेपाली सेनाको हेलिकप्टरबाट क्षतिग्रस्त सडकको निरीक्षणमा गएको थियो । बिहीबार भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशवकुमार शर्माले भने, ‘दशैं अगाडि खुल्ने अवस्था छैन भन्ने निष्कर्षमा हामी पुग्यौं ।’

३४ राजमार्गका ८०५ स्थानमा पहिरो,  अझै ३१ स्थानमा अवरोध
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले देशभरका ३४ राजमार्गका ८०५ स्थानमा पहिरो गएको जनाएको छ । जसअनुसार ७७४ स्थानको पहिरो हटाई २९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायात सञ्चालन गरिएको मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । 

अझै पाँच मुख्य राजमार्गका ३१ स्थानमा सडक अवरुद्ध रहेको र खुलाउने प्रयास जारी रहेको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म प्रारम्भिक अनुमानअनुसार सडक तथा पुलतर्फ अस्थायी रूपमा यातायात चालु गर्न साढे २ देखि ३ अर्ब लाग्ने देखिएको साथै क्षतिग्रस्त सम्पूर्ण संरचना स्थायीरूपमा पुनःस्थापना गर्न २० देखि २५ अर्ब लाग्ने अनुमान छ । बाढी पहिरोबाट ६ वटा पुलमा पनि क्षति पुगेको छ ।