मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री प्रचण्ड ल्हासामा

प्रधानमन्त्री प्रचण्ड ल्हासामा

न्यूजस्टोरी

काठमाडौं, १० असोज ।चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड ल्हासा आइपुग्नुभएको छ । चीनको दक्षिण पश्चिममा रहेको छोङ्छिङ सहरबाट सिचवन एयरलाइन्स मार्फत् प्रधानमन्त्री प्रचण्ड तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासा आइपुग्नु भएको हो ।

तिब्बतमा रहँदा प्रधानमन्त्री प्रचण्डले कैलाश मानसरोवर एवम् कैलाश पर्वतको भ्रमण समेत गर्ने कार्यक्रम रहेको छ । गत शनिवारदेखि चीनको औपचारिक भ्रमणमा निस्कनुभएका प्रचण्ड सेप्टेम्बर ३० तारिख अर्थात् आउँदो शनिवार स्वदेश फर्कने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डलाई सरकारी अधिकारीले ल्हासाको गोङ्गार विमानस्थलमा स्वागत गरेका छन् ।