काठमाडौं, १७ असोज । गएको असोज १२ गते ललितपुरको नख्खु खोलाको बाढीमा हामफालेर दुई जनाको ज्यान बचाएका चनिकलाल तामाङ साहसी युवा भनेर निकै चर्चामा आइरहँदा उहाँलाई दैनिकजसो सम्मान गर्ने गरिएको छ ।
हिजो ललितपुर महानगरपालिकाले पनि तामाङलाई सम्मान गर्यो। सम्मान कार्यक्रममा उहाँले श्रीमती र छोरीले नजाऊ भन्दाभन्दै खोलामा हामफालेर दुई जनालाई बचाउने काम गरेको बताउनुभयो । खोलामा बग्दै आएको मान्छे देखेपछि आफूले हेरेर बस्न नसकेको उहाँको भनाइ छ ।
उहाँले मानवताको भावनाले ज्यान बचाएको र पछिल्लो समय आफ्नो कामको यति धेरै चर्चा सुनेपछि मात्रै त्यसको महत्त्व थाहा पाएको बताउनुभयो । ललितपुर महानगरले चनिकलाललाई नगद एक लाख रुपैयाँ र सम्मानपत्र प्रदान गरेको छ ।


प्रतिक्रिया