नवलपरासी । राति सडक भासिएर अवरुद्ध रहेको पूर्व(पश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा अहिले बिहान साढे ८ बजेदेखि एकतर्फी रूपमा यातायातका साधन चल्न थालेका छन् ।
इलाका प्रहरी कार्यालय बर्दघाटका सञ्चार शाखाका कमल थापाका अनुसार साना गाडी र मोटरसाइकलको आउजाउ सुरु भएको छ । धेरै लामो जाम भएका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको प्रहरीले जनाएको छ । दाउन्नेको खुर्सानीखोलामा सडक भासिँदा र पहिरो खसेर यातायात अवरुद्ध भएको हो ।


प्रतिक्रिया