मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवलपरासीको दाउन्नेमा सडक भासियो : पूर्व पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासीको दाउन्नेमा सडक भासियो : पूर्व पश्चिम राजमार्ग अवरुद्ध

न्यूजस्टोरी

काठमडौं, १५ असोज । पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध छ । बर्दघाट नगरपालिका–४ खुर्सानीखोला दाउन्ने जङ्गलमा सडक भासिएको हो । सडक भासिएर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएपछि गाडीलाई रोकिएको छ ।

गाडी र यात्रुलाई प्रवेशमा रोक लगाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार सडक झण्डै डेढ फिट भासिएको छ । अहिले सडक खुलाउने प्रयास भइरहेको छ ।

आज बिहानसम्म सडक मर्मत सम्पन्न गरी नियमित सडक सञ्चालन गर्ने प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिनुभयो ।