मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नागढुङ्गा–नौबिसे सडक खुलाएर रोकिएका गाडी पठाउन थालियो, नियमित गाडी सञ्चालन हुन भने समय लाग्ने

नागढुङ्गा–नौबिसे सडक खुलाएर रोकिएका गाडी पठाउन थालियो, नियमित गाडी सञ्चालन हुन भने समय लाग्ने

न्यूजस्टोरी

काठमाडौं, १४ असोज । नागढुङ्गा–नौबिसे सडकखण्डमा पर्ने झ्याप्ले खोलामा खसेको पहिरो ४८ घण्टापछि हटाइएको छ । पहिरो हटेपछि सडक एकतर्फी खुलेको र त्यहाँ रोकिएका गाडीलाई पालैसँग काठमाण्डौतर्फ पठाउन थालिएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार पहिरोका कारण सडकमै रोकिएका गाडीको लामो लाइन भएकाले पहिले ती गाडीलाई गन्तव्यतर्फ पठाएपछि मात्रै अरू गाडी नियमित रूपमा सञ्चालनमा आउनेछ । काठमाण्डौबाट छुट्ने र काठमाण्डौतर्फ गुड्ने अरू गाडी अहिले चल्न नपाउने ट्राफिक प्रहरीले जनाएको छ । पहिरो हटाए पनि लेदो माटोका कारण गाडी सञ्चालन हुन कठिनाइ भइरहेको ट्राफिक प्रहरीको भनाइ छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीयबासिन्दा, यात्रु लगायतको पहलमा अवरुद्ध सडक खुलाइएको हो । अस्ति शनिवार त्यहाँ तीनवटा गाडी पहिरोमा पुरिएका थिए । ती गाडीबाट ३५ जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।