मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विपद् कोषमा ५० लाख जम्मा गर्ने कांग्रेसको निर्णय, सबै सांसदले १५ दिनको तलब दिने

विपद् कोषमा ५० लाख जम्मा गर्ने कांग्रेसको निर्णय, सबै सांसदले १५ दिनको तलब दिने

न्यूजस्टोरी

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले बाढीपहिरोमा पीडितहरुको राहतका लागि ५० लाख रकम प्रदान गर्ने भएको छ ।आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उक्त निर्णय गरेको हो ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा सरकारले बनाएको राहत कोषमा पार्टीको तर्फबाट प्रदान गरिने रकममा सबै सांसदहरूले १५ दिनको तलब जम्मा गर्ने निर्णय भएको छ ।

पार्टीका सबै पूर्वघोषित कार्यक्रमलाई स्थगित गर्दै राष्ट्रिय विपत्तिमा राहत र उद्धारमा जुट्न पार्टी पंक्तिलाई निर्देशन गर्ने निर्णय गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।