मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झ्याप्लेखोला अपडेटः आज थप १६ शव भेटिए, मृतकको संख्या ३० पुग्यो

झ्याप्लेखोला अपडेटः आज थप १६ शव भेटिए, मृतकको संख्या ३० पुग्यो

न्यूजस्टोरी

धादिङ । धादिङको धुनिबेँसी नगरपालिका-९, झ्याप्लेखोलाको पहिरोमा आज (आइतबार) थप १६ शव भेटिएका छन्। 

यसअघि हिजो शनिबार दुइटा बस र १४ शव फेला परेका थिए। 

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार आज बिहान ११:५५ बजेसम्म थप दुइटा बस र १६ शव भेटिएका हुन्।

घटनास्थलमा उत्खनन जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।