मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मौसम नखुलेसम्म सबै आन्तरिक उडान स्थगित

मौसम नखुलेसम्म सबै आन्तरिक उडान स्थगित

न्यूजस्टोरी

काठमाडौं, १२ असोज । लगातारको वर्षाको कारण देशैभरका विमास्थलबाट हुने आन्तरिक उडान स्थगित गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले मौसममा आएको खराबीका कारण हिजो बेलुकीदेखि आज बिहानसम्मका लागि आन्तरिकतर्फका सबै उडान स्थगित गरेको हो । तर आज पनि निरन्तर झरी पर्ने र मौसम नखुल्ने भएकाले आजको उडान पनि नहुने भएको छ ।

लगातारको वर्षाका कारण हिजो आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फका हवाई उडान प्रभावित भएका छन् । आन्तरिकतर्फ धेरै विमानस्थलमा उडान हुन सकेन भने अन्तर्राष्ट्रिय उडानतर्फ केही विमान लामो समय होल्ड भएर अवतरण गरेका थिए ।

हिजोका लागि तय भएका एकसय ५० वटा आन्तरिक उडानमध्ये ३९ वटा मात्र उडान भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।