मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्याय परिषद्ले सर्वोच्चमा गर्‍यो दुई न्यायाधीश सिफारिश

न्याय परिषद्ले सर्वोच्चमा गर्‍यो दुई न्यायाधीश सिफारिश

न्यूजस्टोरी

काठमाडौँ । न्याय परिषद् सचिवालयले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको छ । शुक्रबार बसेको न्याय परिषद्को बैठकले सर्वोच्चमा दुई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।

न्याय परिषद्ले उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको छ । 

नेपाल बार एशोसिएशनले न्याय परिषद् नियमावलीको संशोधन गैर संवैधानिक रहेको भन्दै उक्त संशोधन खारेज नगरी न्यायाधीश नियुक्ति प्रक्रिया अगाडि नबढाउन दवाद दिँदै विरोध गरिरहेका बेला परिषदले न्यायाधीश सिफारिश गरेको छ ।