मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

न्यूजस्टोरी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार बिहान ११ः३० बजे बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको छ ।कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बस्ने बैठकमा छलफलका लागि ६ एजेण्डा रहेका छन् ।

छलफलका एजेण्डामा समसामयिक राजनीतिक गतिविधि, चीन भ्रमण र पार्टी गतिविधि रिपोर्टिङ, प्रथम राष्ट्रिय भेलाको समीक्षा, स्थानीय तह उपनिर्वाचन, महाधिवेशन केन्द्रित गतिविधि र विविध राखिएको छ । रास्वपाले आज अपराह्न ४ बजे गर्ने भनिएको पत्रकार सम्मेलन दिउँसो २ः३० बजेका लागि सारिएको छ ।