मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनी विकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायीले गरे हातपात

लुम्बिनी विकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायीले गरे हातपात

न्यूजस्टोरी

काठमाडौं । लुम्बिनि विकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायीहरूले हातपात गरेका छन ।

आज मंगलबार राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबार लुम्बिनीस्थित एक होटलमा कार्याक्रम भइरहेको बेला ठेकदारहरूको एक समूह होल्ला गर्दै हातपात गरेका हुन । उनीहरूले कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई र सदस्य सचिव सानुराजा शाक्यलाई हातपात गरेको स्रोतले जानकारी दिएको छ ।

आक्रमणबाट सदस्य सचिव शाक्यको मुखमा चोट लागेको कोषका प्रेस कन्सल्ट्यान्ट विनोद परियारले दिएका छन । केही दिनदेखि गुरूयोजनाको कामको भुक्तानी नपाएको भन्दै आन्दोलनरत निर्माण व्यवसायीहरूको माग सम्बोधन गरी समाधान गर्न लागिरहेको बेला हुलहुज्जत सहित अपमानजनक रूपमा आक्रमण गरिएको कोषाध्यक्ष भट्टराईले जानकारी दिएका छन ।

उनले आफूमाथि ज्यान नै असुरक्षित हुने गरी आक्रमण भएकाले सुरक्षाको माग गरे । समितिका सभापतिमा सोनाम गेल्जेन शेर्पाकै अगाडि आक्रमण भएको हो। बैठक चलिरहेकै बेला आक्रमण भएको हो।