सर्वोच्च अदालतले विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आइरहने मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो ।
प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो । चरित्रहत्या गरेको आरोपमा प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई आइतबार पक्राउ गरेको थियो ।
काठमाडौं जिल्ला अदालतले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । इजलासले यससम्बन्धमा कारण देखाऊ आदेश जारी गरेको छ ।


प्रतिक्रिया