मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनुषा प्रहरीको हिरासतबाट फरार सबै थुनुवा पक्राउ

धनुषा प्रहरीको हिरासतबाट फरार सबै थुनुवा पक्राउ

न्यूजस्टोरी

धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको भेन्टिलेसन फोडेर फरार भएका थुनुवाहरू पक्राउ परेका छन्।

विभिन्न मुद्दामा पक्राउ परी धनुषाको हिरासतमा रहेका ९ जना थुनुवा सोमवार राति फरार भएका थिए।

सात जनालाई हिजै पक्राउ गरेका थिए भने दुईजना आज पक्राउ परेको धनुषा प्रहरी प्रवक्ता एवं डिएसपी रञ्जन अवाले जानकारी दिए। उनका अनुसार सातजनालाई धनुषाबाटै पक्राउ गरिएको छ भने अन्य दुईजना भारतबाट पक्राउ परेका छन्।फरार थुनुवा खोजी गर्दै जाँदा फरार मध्येका सत्यम झालाई तत्कालै प्रहरीले जनक चोकबाट पक्राउ गरिएको उनले बताए।

त्यस्तै अन्य ६ जना थुनुवालाई धनुषाको विदेह नगरपालिकाको वैदेही स्टेशनस्थित लखौरी भन्ने स्थानको धानखेतबाट पक्राउ गरिएको थियो।

लागुऔषध मुद्दाका अमितकुमार झा, रंजित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया र अभद्र व्यवहारमा पक्राउ परेका मनिष मण्डल र बिक्की कार्कीका साथै एकजना नाबालक फरार भएका थिए।