मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा आजदेखि मनसुन पुनः सक्रिय, २७ जिल्ला उच्च जोखिममा

नेपालमा आजदेखि मनसुन पुनः सक्रिय, २७ जिल्ला उच्च जोखिममा

न्यूजस्टोरी

काठमाडौं । आजदेखि मनसुन पुनः सक्रिय भएको छ । मनसुनको सक्रियताका कारण देशभर वर्षा हुने छ । केही दिनयता पानी नपर्दा चर्को घाम सहेकाहरुलाई वर्षाले राहत दिने छ । तर भित्राउन तयार बालीनालीलाई र अन्य कृषिकर्ममा भने यसले असर पुर्‍याउने छ ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ। भोलि असोज ८ गते दिउँसोदेखि बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभावका कारण ५ दिनसम्म देशभर मौसम बदली र व्यापक वर्षाको सम्भावना देखिएको हो। सोमबार राति विशेष बुलेटिन जारी गर्दै मौसम महाशाखाले भनेको छ– ‘असोज ८ गते मंगलबार दिउँसोदेखि देशभर आंशिकदेखि साधारणतया बदली रही लुम्बिनी प्रदेशका पश्चिमी भूभाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा तथा केही स्थानमा मध्यम वर्षा र एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ भने सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका बाँकी भूभाग, कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा मधेस प्रदेशका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार असोज ९ गते बुधबार पनि मौसम देशभर आंशिकदेखि साधारणतया बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। अनि सुदूरपश्चिम प्रदेशका थोरै तथा कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

असोज ८ मंगलबार दिउँसोदेखि लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षा तथा केही स्थानहरुमा मध्यम वर्षाको सम्भावना छ । एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ ।

महाशाखाले अगाडि भनेको छ, सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ। यसैगरी असोज १० गते बिहीबारदेखि असोज १२ गते शनिबारसम्म देशभर मौसम साधारणतयादेखि पूर्णतया बदली रही देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

अनि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै तथा कोसी प्रदेशका एकरदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। साथै कोसी प्रदेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ। सो वर्षाले विषेशतः कृषि क्षेत्रमा प्रभाव पार्ने देखिएकाले कृषि कर्म सुरु गर्नुभन्दा अघि मौसमबारे जानकारी लिन महाशाखाको दैनिक मौसम बुलेटिन हेर्न अनुरोध गरिएको छ।

सचेत गराउँदै महाशाखाले अगाडि भनेको छ९ तसर्थ वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन,सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध छ।