मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुत्केरीको मृत्युपछि प्रदेश अस्पतालमा तनाव, ठूलो संख्यामा प्रहरी परिचालन

सुत्केरीको मृत्युपछि प्रदेश अस्पतालमा तनाव, ठूलो संख्यामा प्रहरी परिचालन

न्यूजस्टोरी

सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा सुत्केरीको मृत्युको विषयलाई लिएर आफन्त प्रदर्शनमा उत्रिएका छन् ।

वीरेन्द्रनगर नगरपालिका –६ बस्ने १८ वर्षीया शर्मिला सुनारको सुत्केरी हुने क्रममा चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै आफन्त आन्दोलित भएका हुन् ।

शर्मिलालाई सुत्केरी व्यथा लागेपछि आइतबार प्रदेश अस्पतालमा लगिएको थियो । डाक्टरले सामान्य अवस्था भनिरहेका बेला एक्कासि आज बिहान ४ बजे मृत्युको खबर दिइएको मृतककी भाउजु चन्द्रकली सुनारले बताइन् । मृत्युको खबर दिनुअघि अस्पतालमा प्रहरी बोलाइएको आफन्तको दाबी छ ।

अस्पतालमा भर्ना गरेपछि बच्चा नचलेको र राति मृत बच्चा जन्मेको अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले बताए । ‘ज्वरो आइरहेको थियो र सुत्केरी भएपछि रक्तस्राव बढी भयो ।’ उनले भने, ‘सुत्केरी रक्तस्रावपछि बेहोस हुनु भो त्यसपछि आइसीयुमा राखेर उपचार गरिरहेको बेला बिहान मृत्यु भएको थियो ।’

अहिले अस्पतालमा मृतकका आफन्तले प्रदर्शन गरिरहेका छन् भने १ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ ।

सम्भावित केही घटना नहोस् भनेर प्रहरी परिचालन गरिएको सुर्खेतका प्रहरी प्रमुख एसपी रुपेश खड्काले बताए ।