मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ठूला चाडपर्व लक्षित सहुलियत पसल आजबाट शुरू

ठूला चाडपर्व लक्षित सहुलियत पसल आजबाट शुरू

न्यूजस्टोरी

काठमाडौं, ३ असोज । सरकारले आजदेखि ठूला चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन शुरू गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत देशका ४२ वटा जिल्लाका ६३ वटा ठाउँमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरिएको सरकारले जनाएको छ । चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्न सरकारले कम्पनीलाई ३ करोड बजेट विनियोजन गरेको छ ।

काठमाण्डौ उपत्यकाका थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा बिक्री कक्ष रहेको कम्पनीले जनाएको छ । खाद्य व्यवस्था कम्पनीले तेलमा प्रतिलिटर ५ रुपैयाँ तथा गेडागुडी, पीठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा किलोमा ७ रुपैयाँ छुट दिएको छ । यस्तै, चामल, दालमा बजार प्रचलित मूल्यमा किलोको ५ रुपैयाँ छुट दिने जनाएको छ ।

त्यस्तै कम्पनीले कर्णालीको सिमी-गेडागुडी, फापर दाना, चिनो, कागुनो, उवा र जुम्ली मार्सीमा किलोमा ७ रुपैयाँ छुट दिएको छ । यस्तै, जिउँदो खसी–बोका र च्याङ्ग्रा तथा डीडीसी घिउमा किलोको १० रुपैयाँ छुट दिइएको कम्पनीले जनाएको छ । खसीबोकाको बिक्री भने घटस्थापनाको दिनदेखि शुरू हुनेछ ।