मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महासंघका अध्यक्षपछि कार्यवाहक अध्यक्षले पनि दिए राजीनामा

महासंघका अध्यक्षपछि कार्यवाहक अध्यक्षले पनि दिए राजीनामा

न्यूजस्टोरी

काठमाडौं । नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले पनि राजीनामा दिएका छन् ।

महासंघको चुनाव गर्न नसकेपछि विष्टले शुक्रबार राजीनामा दिएका हुन् ।

यसअघि अध्यक्ष विपुल पोखरेलले महासंघको अध्यक्ष पदबाट राजीनामा दिएपछि विष्टलाई कार्यवाहकको जिम्मेवारी दिइएको थियो । आजै एक सूचना जारी गरी निर्वाचन कमिटीले असोज १२ गतेका लागि तय भएको निर्वाचन कार्यक्रमअन्र्तगतको मनोनयन कार्यक्रम स्थगित गरेको थियो ।