मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रसङ्घको महासभामा भाग लिन उपमेयर डङ्गोल अमेरिका प्रस्थान

राष्ट्रसङ्घको महासभामा भाग लिन उपमेयर डङ्गोल अमेरिका प्रस्थान

न्यूजस्टोरी

काठमाडौं, ३ असोज । काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोल संयुक्त राष्ट्रसङ्घको ७९ औं महासभामा भाग लिन गएराति अमेरिका प्रस्थान गर्नुभएको छ ।

उपमेयर डङ्गोललाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट बिदाइ गर्नुभएको थियो । डङ्गोलसँगै मनोनयनमा पर्नुभएका डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भरत जोशी, युवा नेता अब्दुस मियाँ पनि महासभाका लागि प्रस्थान गर्नुभएको छ ।

महासभाको गएको भदौ २७ गते औपचारिक उद्घाटन भइसकेको छ । महासभा बैठकअन्तर्गतको ‘समिट अफ द फ्युचर’ मा उपमेयर डङ्गोललाई काठमाण्डौमा रहेको यूएनको प्रतिनिधि कार्यालय र सरकारले युवा नेतृत्व प्रतिनिधिका रूपमा मनोनयन गरेको हो । महासभाको कार्यक्रम तालिकाअनुसार असोज ६ र ७ गतेका कार्यक्रममा उपमेयर डङ्गोल सहभागी हुनुहुनेछ ।

उपमेयरको सचिवालयका अनुसार उहाँले समिटका साथै संयुक्त राष्ट्रसङ्घका साइड एजेन्सीले आयोजना गर्ने अन्य कार्यक्रममा सहभागिता जनाउनुहुनेछ ।