मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रास्वपाको प्रथम महाधिवेशन आउँदो वैशाखमा हुने

रास्वपाको प्रथम महाधिवेशन आउँदो वैशाखमा हुने

न्यूजस्टोरी

काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन २०८२ साल वैशाखमा हुने भएको छ । काठमाडौंमा भएको पहिलो राष्ट्रिय भेलाले महाधिवेशनको मिति तय गरेको हो ।

भेलामा सभापति रवि लामिछानेले वैशाख २५ देखि २७ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई भेलाले अनुमोदन गरेको छ । भेलाले सभापति लामिछानेको राजनीतिक प्रतिवेदन पारित गरेको
छ ।