मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडकबत्तिको अभावमा अन्धकार बन्दै चितवनको रत्ननगर

सडकबत्तिको अभावमा अन्धकार बन्दै चितवनको रत्ननगर

न्यूजस्टोरी

किरण कुंवर

चितवन, असोज २ । रातको समयमा बस्ती उज्यालो बनाएर हिँडडुलमा सहजता ल्याउन र अपराध नियन्त्रणका लागि सहयोगी बन्ने मामलामा ‘सडक बत्ती’ को आवश्यक्ता बढि हुने गरेको छ । रातको समयमा हुने चोरी, लुटपाटका घटना नियन्त्रण र सहज हिँडडुलका लागि सडकमा बालिने सडक बत्ती सहर बजार, गाउँघरमा प्रभावकारी बन्दै गएको छ ।

बजार तथा बस्तीमा रहेको सडकमा रातको समयमा बत्ती बाल्दा अपराध नियन्त्रणमा सहयोगी बन्दै गएपनि यसको सञ्चालन र व्यवस्थापनमा भने समस्या देखिने गरेको छ । सडकमा बत्ती बाल्नु सार्वजनिक आवश्यकता भएपनि त्यसको महसुलको व्यवस्थापनको जिम्मेबारी कस्ले र कसरी लिने भन्ने महत्वपूर्ण पक्ष बन्दै गएको छ ।

कतिपय वस्तीमा घर घर मिलेर त्यसको महसुस तिर्ने गरेको पनि पाइएको छ । तर, कतिपय ठाउँमा पालिकाले त्यसको व्यवस्थापन गर्दा समेत प्रक्रियागत रुपले ढिलाई हुँदा महसुल बक्यौतामा केही समस्या समेत आउने गरेको पाइन्छ ।

हरेक बर्ष नगरपालिकाले सडक बत्ती को नाममा लाखौं रकम छुट्टउँछ तर, त्यसको प्रयोग कहाँ र कहिले हुन्छ भन्ने कुराको छनक स्थानीयले अहिले सम्म पाउन सकेका छैनन ।

चितवनको रत्ननगर नगरपालिका पनि यस्तै यस्तै प्रवृतिको शिकार बन्दै गएको छ । स्थानीय तहले सडक बत्तीको नाममा लाखौं बजेट पारित गरेर सडक उज्यालो बनाउँछु भने पनि पोलमा राखिएका भनिएका बत्ति कागजमा मात्रै सिमित बनिदिँदा सडक उज्यालो होइन झनै अन्धकार बन्दै गएका छन् ।

सडकका पोलमा राखिएका बत्ति पनि मधुरो बल्ने र सडक बत्तिकोृ मर्मत नहुँदा चाड पर्व नजिकिदा समेत सडक अध्यारै हुने गरेको छ । चितवनको रत्ननगरमा देखिएको यो समस्या समाधान गर्न सम्बन्धीत निकाएको ध्यान जान जरुरी छ ।