मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग अझै खुलेन

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग अझै खुलेन

न्यूजस्टोरी

काठमाडौं, २७ भाद्र । पहिरोले अवरुद्ध कर्णाली राजमार्ग अझै खुलेको छैन । गएरातिको वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोला र एसमोडमा पहिरो खसेको हो । तर आज दिनभर खुलाउने प्रयास भए पनि लगातार पानी परिरहेकाले नसकिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

अब सडक खुलाउन भोलिबिहान मात्रै काम थालिने भएको छ । कर्णाली राजमार्गमा निरन्तर पहिरो खस्दा आवागमनमा कठिनाइ भएको छ । सडक डिभिजन कार्यालयले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न अनुरोध गरेको छ ।