शेखर छतकुली
वीरगंञ्ज, २४ माघ । अगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन क्षेत्र नं २ मा नेकपा एमाले, कांग्रेस, रास्वपा, र जसपा नेपाल पार्टी बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
आसन्न फागुन २१ गते हुने निर्वाचनमा पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं २ मा यी चार दल बिच कडा प्रतिस्पर्धा हुने देखिएको हो ।
पर्सा निर्वाचन क्षेत्र नं २ मा नेकपा एमालेले नयाँ अनुहारको रुपमा रिमा यादवलाई उम्मेदवार बनाएको छ ।
रिमा यादब पढे लेखेको छिन ।
एमालेकि उम्मेदवार यादवले पर्सा जिल्लाको क्षेत्र नं २ मा बिजुली मल अधुरो रहेको पुल नाला सडक शिक्षा स्वास्थ्य लगाएतका विषय लिएर मतदाताहरुको घरघरमा पुगेर आवाज उठाउदै आएको बताएका छिन ।
पर्सा निर्वाचन क्षेत्र नम्बर दुईमा यादवको बहुल्यता रहेको भन्दै अव जेएनजि पुस्ताको माग अनुसार जेएनजि पुस्ताको उम्मेदवारको रुपमा रहेको भन्दै आउँदो निर्वाचनमा नेकपा एमाले पार्टीले वाजी मार्ने स्वयम त्यस क्षेत्रका मतदाताहरु बताउँछन् ।
नेपाली कांग्रेसका उम्मेदवार अजय कुमार चौरसिया यस क्षेत्रमा पुराना अनुहार हुन ।
कांग्रेसका उम्मेदवार चौरसियाले २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा २८ हजार ४ सय ५१ मत ल्याएर विजयी भएका थिए ।
पुर्व कानुन मन्त्री समेत रहेका उम्मेदवार चौरसिया मन्त्री हुदा केही विवादमा मुछिएका थिए।
चौरसिया २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा विजयी भएपछि कहिले पनि उनी आफ्नो क्षेत्रमा नपुगेको र चुनावको बेलामा जनता सँग गरेको वाचा पुरा नगरेका गुनासो पर्सा निर्वाचन क्षेत्र नं २ का जनताले यसपाली जनताले मत नदिने निर्णय गरेको त्यस क्षेत्रका जनताको भनाई रहेको देखिन्छ।
उम्मेदवार चौरसियालाई यस पाली चुनाव जित्नका लागि फलामको च्युरा चपाएको जस्तो देखिन्छ।
यता रास्वपा पार्टीबाट नयाँ अनुहारको रुपमा शुसिल साह कानुले घन्टीवाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
बालेन र रवीको क्रेज बढे सँगै उम्मेदवार साह पनि धेरै चर्चामा रहेको देखिन्छन ।
कानु २०७४ सालको स्थानीय निर्वाचनमा जसपा नेपाल पार्टीको तर्फबाट वीरगन्ज महानगरपालिकाको बोर्ड सदस्य थिए भने २०७९ सालको स्थानीय निर्वाचनमा जसपा नेपाल पार्टीबाट वीरगन्ज महानगरपालिका वडा नं १० को वडाध्यक्ष पदमा निर्वाचित भएका थिए।
रास्वपाको तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दिएका कानु अहिले देशभर घन्टीको हल्ला चलेका कारण उनी पनि चर्चामा रहेको आँकलन मतदाताहरुले गर्न थालेको देखिन्छ।
कानु माहानगरको केही वडाहरूमा चर्चामा रहेपनि कानुले नेकपा एमाले पार्टी र नेपाली कांग्रेस जस्तो पार्टी सँग चुनाव जित्न त्यती सहज देखिँदैन।
जसपा नेपालको तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं २ वाट उम्मेदवारी दिएका अशोक टेमानी पनि चुनावी मैदानमा उत्रिएका छन् ।
जसपा नेपालका उम्मेदवार टेमानी उधोगी व्यापारी हुन ।
उनि पहिलो पटक प्रतिनिधि सभाको उम्मेदवार बनेका छन्।
उनि मारवाडी समुदायका व्यक्ति हुन भने पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं २ मा मारवाडी समुदायका व्यक्तिहरुको ७ देखि ८ हजार सम्म मतदाताहरु रहेको देखिए पनी उनि त्यति चर्चामा न रहेको देखिएको छ ।
टेमानीलाई पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं २ का जनताले कहिले नदेखेका कारण उनी प्रतिस्पर्धामा रहेपनि उनलाई यसपालीको प्रतिनिधि सभाको निर्वाचनमा विजयी हासिल गर्न धेरै नै कठिन देखिन्छ। टेमानी पनि त्यति चर्चित अनुहार नभएका उम्मेदवार हुन ।


प्रतिक्रिया