सवैभन्दा पहिले शिक्षा स्वास्थ्य र किसानको समस्या सामाधान गर्छु : रिमा यादव
शेखर छतकुली
वीरगंञ्ज, २४ माघ । नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर २ कि उम्मेदवार रिमा यादवले महिला, किसान, विकास, स्वास्थ्य शिक्षाको काम गर्नका लागी आफनो पहिलो पटक उम्मेदवारी दिएको बताएकि छिन।
पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की एमाले पार्टीकि उम्मेदवार यादवले पर्साको समग्र विकास र परिवर्तनका लागि आफू सक्रिय राजनीतिमा होमिएको बताएकी हुन ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर–१७ अलौँमा शनिबार चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार यादवले यस्तो बताएकी छिन् ।
पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेलाई अत्याधिक मत दिएर विजयी गराए यस क्षेत्रमा जनताको चाहना अनुसार विकास गर्न कुनै कसर बाँकी नराख्ने बताएकि छिन।
साथै पर्सा–२ मा सडक, खानेपानी, नाला, विद्युत् लगायतका भौतिक पूर्वाधार विकासलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरिन्।
उनले शिक्षा क्षेत्रको सुधारलाई पनि प्राथमिकतामा राख्ने बताउँदै गुणस्तरीय शिक्षा, विद्यालयको भौतिक पूर्वाधार सुधार र छात्रा शिक्षालाई प्रोत्साहन गर्ने योजना रहेको जानकारी दिइन्।

लामो समय देखि जितेर गएका पार्टीका नेताहरुले जनतालाई आश्वासन मात्र दिएको र यस क्षेत्रमा कुनै पनि विकास नगरेर जनतालाई धोका दिएको बताएकि छिन ।
उक्त कार्यक्रमा बोल्दै उम्मेदवार यादवले यस क्षेत्रमा जनताको सब भन्दा बढी समस्या भनेको किसानहरुको समस्या रहेको र आफु जितेर गएपछि सब भन्दा पहिले किसानको समस्या समाधान गर्ने बताईन ।
पर्सा–२ कि उम्मेदवार यादवले जनताको विश्वास जित्ने गरी काम गरेर देखाउने बताउनुभयो।
यसअघिका निर्वाचित जनप्रतिनिधिहरूले गरेको वाचा कार्यान्वयन नभएकाले जनता निराश भएको हुदा आफु निर्वाचित भएपछी यस क्षेत्रमा जनताले सोचेको भन्दा बढी काम गरे देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उक्त कार्यक्रममा बिभिन्न पार्टी जसपा कांग्रेस नेपाली कम्युनिष्ट पार्टी परित्याग गरि करिव तीन सय भन्दा बढी नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन्।
पार्टी प्रवेश गरेकाहरुलाई विरगंज महानगरपालिकाका पुर्व मेयर बिजय सरावगीले टिका लगाएर पार्टीमा प्रवेश गराएका थिए । उक्त कार्यक्रम पछी उम्मेदवार यादवले अलौमा घरदैलो कार्यक्रमलाई तिब्रता दिदै मतदाताहरुको घरघरमा पुगेकि थिन ।
सो कार्यक्रममा एमालेको केन्द्रिय सदस्य बिजय सरावगी, समानुपातिक उम्मेदवार बिचारी यादव,नेकपा एमालेका नेता उसमान अनसारी एमाले पर्सा २ का क्षेत्रिय अध्यक्ष मनोज युवा नेता मुकेश दुवेदि, वीरगंज महानगरका कार्यवाहक अध्यक्ष लियाकत अली , वीरगन्ज महानगरपालिका वडा नम्वर १७ का वडा अध्यक्ष सन्जु छ्त्कुली लगायतकाले धारणा राखेको थिए ।
कार्यक्रममा युवा नेता अजय साह,नव प्रवेशी कृष्णदेव यादव, नेता गँगाधर महतो, पिन्टु उपाध्याय,प्रधुमन यादव लगायतको उपस्थिती थियो भने सो कार्यक्रम युवा नेता आमोद यादवले सँचालन गरेका थिए भने एमालेको वीरगन्ज १७ वडा कमिटीका अध्यक्ष शेष नेसार अहमदको अध्यक्षतामा सम्पन्न भएको थियो।


प्रतिक्रिया