किरण कुँवर
चितवन, १७ माघ । नेपाल कम्युनिष्ट पार्टी एमाले रत्ननगर नगर कमिटिको विस्तारित बैठक सम्पन्न भएको छ ।
रत्ननगर नगरपालिका वडा नं १ का वडा अध्यक्ष तुलसी गिरिको अध्यक्षतमा भएको कार्यक्रममा राजाराम रेग्मी संयोजक तोकिएका छन् । आसन्न निर्वाचनलाई मध्यनजर गर्दै एमाले वडा कमिटिले विस्तारित बैठक आयोजना गरेको अध्यक्ष तुलसी गिरिले जानकारी दिए । बैठकले युवा परिचालनको संयोजकमा सुन्दर अधिकारी र तारा प्रसाद पौडेललाई तोकेको हो । त्यस्तै, सुचना सम्प्रेषणको जिम्मा किरण कुँवरले पाएका छन् । बागमती प्रदेश कमिटिका सदस्य राजाराम रेग्मीले आसन्न निर्वाचनमा पार्टीलाई जिताउने जिम्मेवारी प्रत्येक कार्यकर्ताको काँधमा रहेको बताए ।


प्रतिक्रिया