मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाजामा युद्धविराम गर्ने राष्ट्रसङ्घको प्रस्तावमा अमेरिकाको भिटो, इजरायललाई समर्थन

गाजामा युद्धविराम गर्ने राष्ट्रसङ्घको प्रस्तावमा अमेरिकाको भिटो, इजरायललाई समर्थन

न्यूजस्टोरी

इजरायलले प्यालेस्टाइनको गाजा शहरमा सैन्य आक्रमण बढाइरहेका बेला बिहीवार गाजामा तत्काल र स्थायी युद्धविरामको आह्वान गर्ने संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमा अमेरिकाले भिटो प्रयोग गरेको छ ।

परिषद्का १० निर्वाचित सदस्यले पेश गरेको मस्यौदामा १५ मध्ये १४ सदस्यले समर्थन जनाए । यो मतदान संयुक्त राष्ट्रसङ्घको स्थापनाको ८०औं वार्षिकोत्सवकै दिन भएको हो ।

प्रस्तावमा ‘गाजामा तत्काल, विना शर्त र स्थायी युद्धविराम’, प्यालेस्टिनी लडाकू समूह हमास र अन्य समूहहरूद्वारा राखिएका सबै बन्धकहरूको रिहाइ र मानवीय सहायतामा लगाइएका प्रतिबन्ध हटाउन आह्वान गरिएको थियो ।

अमेरिकी भिटोको बचाउ गर्दै मध्यपूर्वका लागि उप विशेष दूत मोर्गन ओर्टागसले यसले हमासलाई फाइदा पुग्ने झुटा कथालाई वैधानिकता दिने बताउनुभयो । अमेरिकी कदमको प्यालेस्टिनी र अरब प्रतिनिधिहरूले आलोचना गरेका छन् ।