काठमाडौं, २९ भदौ । ‘जेनजी’ आन्दोलनका क्रममा देशभर मृत्यु हुनेको संख्या ७२ पुगेको छ । मृत्यु हुनेमध्ये ३ जना प्रहरी पनि रहेका छन् । आइतबार (भदौ २९ ) सिंहदरबारमा आयोजित नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले मृत्युको संख्याबारे जानकारी दिएका हुन् ।
सरकारले आन्दोलनमा ज्यान गुमाउने सबैलाई सहिद घोषणा गर्ने र मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ । प्रदर्शनका क्रममा विभिन्न जिल्लामा तोडफोड, आगजनी र सुरक्षा निकायसँगको झडपका कारण ठूलो जनधनको क्षति भएको थियो ।


प्रतिक्रिया