काठमाडौं, १४ भदौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्ने गरेको बताउनुभएको छ । ३३ औँ महानगर प्रहरी दिवसको अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रममा उहाँले सानोमा हलिउड फिल्म हेर्दा सिटी पुलिसले गरेको जस्तो काम अहिले काठमाण्डौ महानगर प्रहरीले गरिरहेको बताउनुभयो ।
काठमाण्डौ महानगरपालिका भित्रका सार्वजनिक सम्पत्ति संरक्षण गर्ने, अतिक्रमण हटाउने, सुशासन, सुव्यवस्था र अनुगमन गर्ने काममा नगर प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो । महानगरपालिकालाई जसरी राजधानीको रूपमा चिनिन्छ, महानगर प्रहरी बल पनि काठमाण्डौको पर्यायवाची पहिचानको रूपमा स्थापित भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले महानगर प्रहरीलाई व्यक्तिको प्रतिनिधि नभई संस्थाको प्रतिनिधि भएर काम गर्न सुझाव दिनुभयो । महानगर प्रहरी मेयर बालेन शाहको निर्देशनअनुसार मात्रै चल्ने गरेको भन्ने आरोपप्रति लक्षित गर्दै उहाँले फिल्डमा खटिँदा व्यक्तिको नभई संस्थाको प्रतिनिधि भएर खटिन आग्रह गर्नुभयो ।
साथै कानुनी शासनको प्रतिनिधित्व गर्ने मानक स्थापित गर्न पनि उहाँले आग्रह गर्नुभयो ।


प्रतिक्रिया