मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समुद्रको गहिरो भागबाट खनिज निकाल्ने जापानको योजना

समुद्रको गहिरो भागबाट खनिज निकाल्ने जापानको योजना

न्यूजस्टोरी

जापानले आउँदो जनवरीदेखि समुद्रको फेदबाट दुर्लभ खनिजहरू निकाल्न प्रयास गर्ने भएको छ । पानीको पाँच हजार पाँच सय मिटर गहिराइबाट तलछट निकाल्ने परीक्षण संसारमा पहिलो रहेको जापानको दाबी छ ।

यो प्रयासले दुर्लभ प्रकृतीका खनिजहरुको आपूर्ति स्थिर हुने विस्वास रहेको जापानको सरकारी नवप्रवर्द्धन कार्यक्रमका निर्देशकलाई उद्धृत गर्दै समाचारसंस्था एएफपीले जनाएको छ । नयाँ प्रविधिहरूका लागि महत्त्वपूर्ण स्रोतहरूमा चीनको प्रभुत्वमा चिन्ता बढ्दै गएकाले यही हप्ताको शुरुमा जापानले महत्त्वपूर्ण खनिजहरूको स्थिर आपूर्ति सुनिश्चित गर्न अमेरिका, भारत र अस्ट्रेलियासँग काम गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।

पृथ्वीको क्रस्टबाट निकाल्न कठिन हुने दुर्लभ किसिमका १७ वटा धातुहरू विद्युतीय गाडीदेखि हार्ड ड्राइभ, विन्ड टर्बाइन र मिसाइलसम्म प्रयोग हुन्छन् । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइएइए) का अनुसार चीनले दुर्लभ प्रवृत्तीका खनन उत्पादनको झन्डै दुई तिहाइ र विश्वव्यापी परिष्कृत उत्पादनको ९२ प्रतिशत हिस्सा ओगटेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय जलक्षेत्रमा यस्तो परिक्षणलाई छिटो ट्र्याक गर्न दबाब दिएपछि गहिरो समुद्री खनन एक भूराजनीतिक द्वन्द्वको केन्द्र बनेको छ । वातावरणीय अभियानकर्ताहरूले गहिरो समुद्री खननले समुद्री इकोसिस्टमलाई खतरामा पार्ने र समुद्री सतहमा बाधा पु¥याउने चेतावनी दिएका छन् ।