मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुसी कार्गो अन्तरिक्षयानको मिसन सम्पन्न

रुसी कार्गो अन्तरिक्षयानको मिसन सम्पन्न

न्यूजस्टोरी

रुसी अन्तरिक्षयान प्रोग्रेस एमएस–२९ को मिसन सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा झन्डै ६ महिनाभन्दा धेरै समय बिताएपछि रुसी कार्गो (मालवाहक) अन्तरिक्षयानले आफ्नो कार्यसम्पादन सफलतापूर्वक सम्पन्न गरेको रुसी राज्य अन्तरिक्ष संस्था रोसकोस्मोसलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

ुप्रोग्रेस एमएस–२९ु रुसले विकास गरेको मानवरहित आपूर्ति यान हो जसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा आवश्यक सामान, इन्धन, उपकरण र वैज्ञानिक सामग्री पुर्‍याउन सहयोग गर्छ । यो प्रोग्रेस एमएस शृङ्खलाभित्रको यान हो । प्रोग्रेस एमएस–२९ मा उन्नत नेभिगेसन, स्वचालित डकिङ प्रणाली र राम्रो सञ्चार सुविधा हुन्छ जसले यसलाई अन्तरिक्ष स्टेशनसँग सटिक र सुरक्षित रूपमा जडान हुन मद्दत गर्छ ।

यो यान सन् २०२४ नोभेम्बर २१ मा बाइकोनुर प्रक्षेपण केन्द्रबाट प्रक्षेपण भएको थियो र दुई दिनपछि अन्तरिक्ष केन्द्रमा जडान भएको थियो । यसले केन्द्रमा नयाँ वर्षको उपहार, इन्धन, पिउने पानी, वातावरणमा अक्सिजन मिलाउने नाइट्रोजन ग्याँस र वैज्ञानिक उपकरणहरू पुर्‍याएको थियो ।

अर्को मालवाहक अन्तरिक्ष यान प्रोग्रेस एमएस–३१ आज बाइकोनुरबाट प्रक्षेपण हुने कार्यक्रम छ, यो यान आइतवारसम्म अन्तरिक्ष केन्द्रमा पुग्ने अपेक्षा गरिएको खबरमा उल्लेख छ ।