मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चर्को गर्मीले युरोपको जनजीवन प्रभावित

चर्को गर्मीले युरोपको जनजीवन प्रभावित

न्यूजस्टोरी

दक्षिण युरोपका इटाली, स्पेन, ग्रीस र पोर्चुगल लगायतका देशहरुमा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ । कतिपय क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।

मौसमविद्हरूले जलवायु परिवर्तनकै असरका कारण यस्ता अत्यधिक गर्मीका लहरहरू बारम्बार देखिन थालेको चेतावनी दिएका छन् । पोर्चुगलमा आइतवार दुई तिहाइ भू–भाग ‘अत्यधिक तापक्रम’ र ‘जङ्गल डढेलोको उच्च जोखिम’ मा परेको घोषणा गरिएको छ ।

राजधानी लिस्बनमा तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान गरिएको छ । इटालीका लाजियो, टस्कनी, कालाब्रिया, पुग्लिया र उम्ब्रिया लगायतका क्षेत्रमा दिउँसोको चर्को घाममा बाहिरी काममा प्रतिबन्ध लगाउने तयारी भइरहेको छ ।

इटालियन ट्रेड युनियनहरूले यस्तो उपायलाई राष्ट्रिय स्तरमै विस्तार गर्न माग गरेका छन् । इटालीको स्वास्थ्य मन्त्रालयले रोम, मिलान, नेपल्स लगायत २१ वटा प्रमुख शहरहरूलाई ‘रेड अलर्ट’ ९अत्यधिक गर्मी सतर्कता० मा राखेको छ ।