मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकी सर्वोच्च अदालतबाट जन्मसिद्ध नागरिकताबारे राष्ट्रपति ट्रम्पको पक्षमा फैसला

अमेरिकी सर्वोच्च अदालतबाट जन्मसिद्ध नागरिकताबारे राष्ट्रपति ट्रम्पको पक्षमा फैसला

न्यूजस्टोरी

अमेरिकी सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकताबारे राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशको पक्षमा फैसला सुनाएको छ ।

सर्वोच्च अदालतबाट हिजो भएको आदेशलाई राष्ट्रपति ट्रम्पको पक्षमा एक महत्त्वपूर्ण फैसला मानिएको छ ।

सर्वोच्चले ट्रम्पको जन्मसिद्ध नागरिकताको आदेशमाथि तल्लो अदालतका न्यायाधीशहरूले देशभर प्रभाव पर्ने गरी रोक लगाउन नसक्ने र उनीहरूले आफ्नै आदेशमा पुनर्विचार गर्नुपर्ने फैसला सुनाएको हो ।

अमेरिकामा जन्मिएका कुनै पनि नागरिक स्वतः त्यहाँको नागरिक हुने व्यवस्थाविरुद्ध ट्रम्पले गएको जनवरी २० तारिखमा आफ्नो शपथको दिन एक कार्यकारी आदेश जारी गर्दै रोक लगाउनुभएको थियो । तर यो आदेशलाई तल्लो अदालतका न्यायाधीशहरूले रोक लगाएका थिए ।

सर्वोच्च अदालतले ट्रम्प प्रशासनलाई अब कम्तिमा हालका लागि अमेरिकी भूमिमा जन्मेका सबैलाई जन्मसिद्ध नागरिकता नदिने ढोका खोलेको छ ।

बीबीसीका अनुसार अब यसअघिको आफ्नो योजना कार्यान्वयन गर्नुपर्ने ट्रम्प प्रशासनका लागि यो सहज काम नभएको विश्लेषण गरिएको छ ।

सर्वोच्चको फैसलापछि नागरिकता विषयमा तल्ला अदालतका न्यायाधीशको अधिकार सीमित भएको छ । जसले गर्दा उनीहरूले ट्रम्पलाई रोक्न कठिन हुनेछ ।

अदालतले अहिले पूर्ण निर्णय सुनाइसकेको छैन । तर ट्रम्पले यो फैसला आफूले हासिल गरेको ठूलो जीतका रूपमा लिएको बीबीसीले जनाएको छ ।