मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चीनमा पेटको क्यान्सर पत्ता लगाउने एआई प्रणालीको विकास

चीनमा पेटको क्यान्सर पत्ता लगाउने एआई प्रणालीको विकास

न्यूजस्टोरी

चीनका अनुसन्धानकर्ताहरूले पेटको क्यान्सर प्रारम्भिक चरणमै पत्ता लगाउन सक्ने अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रणाली विकास गरेका छन् । नियमित रूपमा गरिने सिटि परीक्षणमार्फत पेटको क्यान्सर पत्ता लगाउने एआई प्रणालीको विकासले डाक्टरहरूलाई समयमै उपचार शुरु गर्न सहयोग पुर्‍याउने विश्वास छ ।

पूर्वी चीनको चच्याङ प्रान्तमा रहेको चच्याङ क्यान्सर अस्पताल र अलिबाबाको ‘डामो अध्ययन प्रतिष्ठान’को संयुक्त प्रयासमा तयार गरिएको यो प्रणालीलाई ‘डामो ग्रेप’ भनिन्छ । ७० हजारभन्दा धेरै बिरामीहरूमा गरिएको यो परिक्षणबाट सकारात्मक नतिजा प्राप्त भएको अनुसन्धानकर्ताहरूले बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चीनमा हरेक वर्ष दुई लाख ६० हजार मानिसले पेटको क्यान्सरका कारण ज्यान गुमाउने गर्छन् । चच्याङ प्रान्तका दुई अस्पतालमा गरिएको परीक्षणमा, एआई प्रणालीले उच्च जोखिम समूहमा रहेका १७ दशमलव ७ प्रतिशत र २४ दशमलव ५ प्रतिशत बिरामीहरूमा क्यान्सर पहिचान गर्न सफल भएको थियो, तीमध्ये धेरैमा कुनै लक्षण देखिएको थिएन ।

अनुसन्धानका क्रममा ११ जना क्यान्सर पुष्टि भएका बिरामीहरूको अघिल्लो सिटि परीक्षण अध्ययन गर्दा, प्रणालीले दुईदेखि दश महिनाअघि नै असामान्य सङ्केतहरू पहिचान गरिसकेको पुष्टि भएको थियो । अहिले यो प्रणाली चीनभित्र पेटको क्यान्सर बढी देखिने क्षेत्रहरूमा प्रयोगमा ल्याइएको छ र भविष्यमा विदेशमा समेत विस्तार गर्ने योजना रहेको खबरमा उल्लेख छ ।