मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इरानबाट ३ सय १० भारतीय नागरिकको सुरक्षित उद्धार

इरानबाट ३ सय १० भारतीय नागरिकको सुरक्षित उद्धार

न्यूजस्टोरी

भारतले ‘अपरेशन सिन्धु’ नाम दिएको उद्धार अभियानअन्तर्गत इरानमा फसेका तीन सय १० भारतीय नागरिकहरूलाई लिएर एक विशेष विमान दिल्ली अवतरण गरेको बीबीसीले जनाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले एक्स (पूर्व ट्विटर) मार्फत यसबारे जानकारी दिँदै इरानबाट तीन सय १० भारतीयहरूलाई लिएर एक विमान हिजो दिल्ली आइपुगेको बताउनुभएको छ ।

योसँगै अहिलेसम्म आठ सय २७ भारतीयहरूलाई इरानबाट सुरक्षितरूपमा फर्काइएको छ । इरानबाट फर्केकाहरुले सङ्कटपूर्ण अवस्थामा पनि सुरक्षीत घर सम्म पु¥याएकोमा भारत सरकारलाई धन्यावाद दिएका छन् ।

यसअघि दुई दिनअघि मात्र एक सय १० भारतीय विद्यार्थीहरूलाई विशेष विमानमार्फत भारत फर्काइएको थियो । भारतीय विदेश मन्त्रालयका अनुसार उनीहरूलाई पहिले इरानबाट आर्मेनिया लगिएको थियो र त्यहाँबाट विशेष उडानद्वारा दिल्ली ल्याइएको हो । यता इजरायलमा रोजगारी गरिरहेका भारतीय कामदारहरूको परिवारले पनि भारत सरकारसँग उनीहरूलाई स्वदेश फर्काउन आग्रह गरेका छन् ।