मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाजामा मानवीय सहायता पर्खिरहेका ३४ जना प्यालेस्टिनी मारिए

गाजामा मानवीय सहायता पर्खिरहेका ३४ जना प्यालेस्टिनी मारिए

न्यूजस्टोरी

गाजामा मानवीय सहायता पर्खिरहेका कम्तीमा ३४ जना प्यालेस्टिनी नागरिक इजरायली सेनाको आक्रमणमा मारिएका छन् ।

मध्य र दक्षिणी गाजामा भएको गोलाबारीमा उनीहरु मारिएको अस्पताल स्रोतलाई उद्धृत गरी अलजजिराले जनाएको छ ।

पछिल्लो आक्रमणमा परी गाजाभर कम्तीमा ८२ जना प्यालेस्टिनीको ज्यान गएको विवरण छ । तर यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

अस्पताल स्रोतले दिएको जानकारी अनुसार, मध्य गाजामा ३७ जना मारिएका छन्, जसमध्ये २३ जना सहायता प्राप्त गर्न आएका नागरिक थिए ।

त्यस्तै गाजा सिटीमा २३ र दक्षिण गाजामा २२ जना मारिएकोमा ११ जना सहायता लिन आएका नागरिक रहेका छन् ।

सम्पूर्ण गाजा क्षेत्र अहिले भोकमरी र मानवीय सङ्कटको चरम अवस्थामा पुगेको अन्तर्राष्ट्रिय समुदायले बताएका छन् ।