मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इरानद्वारा इजराइलको राजधानीमै हमला

इरानद्वारा इजराइलको राजधानीमै हमला

न्यूजस्टोरी

काठमाडौं ।इरानले इजरायलमाथि अहिलेसम्मकै भयंकर हमला गरेको छ । हमलामा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ । शनिबार राति मात्रै चार जना इजरायली इरानको हमलामा मारिएको अमेरिकी मिडिया सिएनएनले उल्लेख गरेको छ । शनिबार उत्तरी इजराइलमा इरानले प्रहार गरेको मिसाइलका टुक्राहरू जमिनमा खस्दा चार जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अन्दाजी ४० वर्षका दुई महिला, २० वर्षकी युवती र एक १३ वर्षीया किशोरी रहेको सिएनएनले जनाएको छ । यसअघि शुक्रबार राति तीन जनाको मृत्यु भएको थियो । इजराइलको आपतकालीन सेवा विभागका म्यागेन डेभिड एडोम तेल अभिभको दक्षिणमा रहेको रिशोन लेजियोनमा घरहरू नजिकै इरानी क्षेप्यास्त्र आक्रमणमा दुई जनाको मृत्यु भएको बताएको थियो । इरानले प्रहार गरेको मिसाइलले भत्काएको घरको भग्नावशेषमा पुरिएर उनीहरुको मृत्यु भएको हो । त्यसअघि तेल अभिभकै पूर्वी सहर रमात गानमा एक महिलाको मृत्यु भएको थियो । रमत गानको दान क्षेत्रमा इरानले प्रहार गरेको हतियारको ट्रक्रा खसेर ती महिलालाई लागेको सिएनएनले जनाएको छ ।

त्यस क्षेत्रमा अरू मानिसहरू पनि घाइते भएको चिकित्सा अधिकारीहरूलाई उद्धृत गरेर इजरायली सैन्य अधिकारीहरूले बताएका छन् । सिएनएनका अनुसार इजराइलमा इरानी हमलाबाट अहिलेसम्म एक सय जनाभन्दा बढी घाइते भएका छन् । इरानमा मानिसहरूको हताहती र घाइतेसम्बन्धमा पछिल्लो विवरण आएको छैन । शुक्रबार त्यहाँ कम्तिमा ८० जनाको मृत्यु र ३०० जना भन्दा बढी घाइते भएका थिए । मृत्यु हुनेमा उच्च सैनिक अधिकारी, आणविक वैज्ञानिक, एक जना नेता र नागरिकहरू छन् ।