मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकाको टेक्सास राज्यमा बाढीका कारण ११ जनाको ज्यान गयो

अमेरिकाको टेक्सास राज्यमा बाढीका कारण ११ जनाको ज्यान गयो

न्यूजस्टोरी

दक्षिणी अमेरिकी राज्य टेक्सासमा अत्यधिक वर्षापछि आएको बाढीका कारण कम्तिमा ११ जनाको ज्यान गएको छ । धेरै व्यक्तिहरू बेपत्ता भएका स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचारसंस्था एएफपीले जनाएको छ । सान एन्टोनियो फायर विभागले पीडितहरूको खोजी गरिरहेको जनाइएको छ ।

टेक्सासको सान एन्टोनियो शहरमा वर्षापछि सडकहरूमा बाढी आउदाँ गाडीको आवागमन समेत प्रभावित भएको छ । सान एन्टोनियो मेयर रोन निरेनबर्गले सामाजिक सञ्जाल एक्समा लेख्दै बाढी प्रभावितको उद्धार र अनुसन्धान भइरहेको बताउनुभएको छ ।

वैज्ञानिकहरूले लामो समयदेखि जीवाश्म ईन्धन उत्सर्जनद्वारा सञ्चालित जलवायु परिवर्तनले उच्च वर्षा जस्ता चरम मौसम घटनाहरूको सम्भावना बढाइरहेको चेतावनी दिएका छन् ।