मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतको अहमदाबादमा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

भारतको अहमदाबादमा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

न्यूजस्टोरी

भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीवार दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स रेकर्डर’ भेटिएको छ ।

अहमदाबादबाट बेलायतको लण्डनका लागि उडेको एअर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान झन्डै एक सय मिटरको उचाइमा नपुग्दै दुर्घटना भएको थियो ।

विमानमा चालक दलकासदस्यसहित दुई सय ४२ जना थिए । तीमध्ये दुई सय ४१ जनाको ज्यान गएको पुष्टि भइसकेको छ । एक जना बेलायती नागरिक विश्वासकुमार रमेश बाँच्न सफल भएका छन् ।

विमान दुर्घटना आवासीय क्षेत्रमा भएकाले थप २४ जनाले ज्यान गुमाएका पछिल्लो विवरण छ । योसँगै मृतकको कुल सङ्ख्या दुई सय ६५ जना पुगेको छ ।

ब्ल्याक बक्स रेकर्डर भेटिएसँगै मृतका परिवार र आफन्त तथा सम्बन्ध अधिकारीहरुले आवश्यक अनुसन्धानपछि दुर्घटनाको सत्यतथ्य पत्ता लाग्ने विश्वास गरेका बीबीसीले जनाएको छ ।