मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाजामा उद्धार समूहका प्रवक्ता हमाससँग सम्बन्धित अधिकारी रहेका इजरायलको दाबी

गाजामा उद्धार समूहका प्रवक्ता हमाससँग सम्बन्धित अधिकारी रहेका इजरायलको दाबी

न्यूजस्टोरी

इजरायली सेनाले युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा सक्रिय उद्धार समूह गाजाको नागरिक प्रतिरक्षाका प्रवक्तालाई हमास ‘आतङ्ककारी’ भएको आरोप लगाएको छ । गाजामा गरेको आक्रमणका क्रममा फेला परेका दस्तावेजलाई उद्धृत गर्दै सेनाले महमुद बासाल इस्लामिक लडाकू समूहमा ‘सक्रिय आतङ्ककारी’ भएको बताएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

इजरायली सेनाले बासालको हमाससँगको सदस्यताको सूची कहाँ र कसरी प्राप्त भयो भन्ने स्पष्ट नगरी मिडियालाई हमासको सदस्यता सूचीको प्रतिलिपि जारी गरेको थियो । बासालले गाजामा आफ्नो गतिविधिबारे गलत र अपुष्ट सूचना फैलाएर हमासको उद्देश्य पूरा गरेको आरोप इजरायलले लगाएको छ ।

यसैबीच उद्धार समूहका प्रवक्ता महमुद बासालले यो झुटो आरोप रहेको र आफू कुनै पनि सैन्य सङ्गठनका लागि काम नगर्ने बताउनुभएको खबरमा उल्लेख छ । आफ्नो संस्थाको अभियान अन्तर्राष्ट्रिय कानूनबाट निर्देशित रहेको उहाँको भनाइ छ ।

नागरिक सुरक्षा एजेन्सीले गाजा पट्टीमा इजरायली हवाई आक्रमणका पीडितहरूलाई अस्पताल पुर्याउन उद्धारकर्ताहरू तैनाथ गर्दै आएको छ । यस सङ्गठनलाई प्रायः अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले आफ्नो समाचारमा उद्धृत गर्छन् ।