काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो सत्तारोहणसँगै बढाएको भन्सार महसुलले विभिन्न बहुराष्ट्रिय अमेरिकी कम्पनीहरुलाई नै समस्यामा पारिरहेको छ ।
ट्रम्प ट्यारिफबाट सबैभन्दा धेरै समस्या भोग्ने मध्येमा आइफोन निर्माता कम्पनी एप्पल पनि हो । चीनमाथि ट्रम्पको भारी भन्सार महसुल पछि आइफोन उत्पादनलाई भारत केन्द्रित गर्ने प्रयास गरिरहेको एप्पलका लागि ट्रम्पले अर्को झट्का दिएका छन् । उनले भारतमा निर्मित आइफोन अमेरिकी बजारमा नबेच्न एप्पललाई चेतावनी दिएका छन् । यदि त्यसो गरेमा एप्पलमाथि २५ प्रतिशत भन्सार महसुल लगाउने उनको भनाइ छ ।यस अनुसार यदि एप्पलले अमेरिकामै आइफोन उत्पादन नगरेमा ऊमाथि भन्सार महसुल लाग्न सक्नेछ । यद्यपि एप्पलमाथि ट्रम्पको निसाना यो पहिलोपटक भने होइन ।
यसअघि पनि ट्रम्पले भारतमा आइफोन उत्पादन नगर्न एप्पललाई आग्रह गरेका थिए । जबकि एप्पलले पहिलेदेखि नै चीनबाट आफ्नो आइफोन उत्पादन कारखानाहरुलाई भारत लगायतका अन्य देशमा स्थानान्तरण गरिरहेको छ । तर, ट्रम्पको महसुलदरको खेलले एप्पलको योजनामा आघात पुग्ने देखिएको छ ।राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सोसल मिडिया प्लाटफर्म ट्रुथ सोसलमा लेखेका छन्- मैले एप्पल सीईओ टिम कुकलाई धेरै पहिले नै बताइदिएको थिएँ कि अमेरिकामा बिक्री हुने आइफोन अमेरिकामै बन्नु पर्दछ नकि भारत वा अन्य देशमा । यदि त्यसो भएन भने अमेरिकामा एप्पलले कम्तिमा पनि २५ प्रतिशत भन्सार महसुल तिर्नुपर्ने हुन्छ ।
एप्पल, ट्रम्प र ट्यारिफको मामिला पछिल्ला कैयन् दिनदेखि चर्चामा छ । डोनाल्ड ट्रम्पले जब चीनमाथि ट्यारिफ लगाउने घोषणा गरे, तब एप्पलका अगाडि एउटा ठूलो चुनौती खडा भयो । त्यसबाट बँच्नका लागि कम्पनीले आफ्नो उत्पानलाई भारत लगायतका अन्य देशमा स्थानान्तरण गर्न योजना बनयो । तर, ट्रम्पको चाहना चाहिं अमेरिकामा बिक्री हुने फोन अमेरिकाभित्रै उत्पादन होउन् भन्ने छ ।
बढ्नसक्छ आइफोनको मूल्य
यसैबीच ट्रम्पको उक्त निर्णयपश्चात् अमेरिकी बजारमा आइफोनको मूल्यमा वृद्धि हुनसक्ने अनुमान गरिएको छ । केवल मूल्यमा मात्र वृद्धि नभई एप्पलका प्रडक्टको बिक्री तथा कम्पनीको समग्र आम्दानी नै यसबाट प्रभावित हुनेछ । एप्पल प्रमुख अमेरिकी प्रविधि कम्पनी हो र राष्ट्रपति ट्रम्पको घोषणाले कम्पनीलई भारी नोक्सान हुनसक्नछ ।
पछिल्ला दिनमा जब ट्रम्पले चीन र भारत दुवै देशमाथि फरक फरक दरमा भन्सार महसुल लगाउने घोषणा गरेका थिए, त्यसबेला एप्पलले अचानक भारतबाट ठूलो परिमाणमा आइफोनहरु अमेरिका पठाएको थियो । ती सबै आइफोन चीन र भारतमा बनेका थिए, जसलाई एप्पलले हवाइ जहाजबाट अमेरिका पठाएको थियो । यद्यपि त्यसबेला ट्रम्पले नयाँ भन्सार महसुल लागू हुने मितिलाई केही अघि सारेका थिए ।
हालै कतारको राजधानी दोहामा आयोजित एक व्यवसायिक बैठकका क्रममा ट्रम्पले आफूले टिम कुकसँग कुराकानी गरेको र त्यसक्रममा भारतमा आइफोन उत्पादन नगर्न भनेको खुलासा गरेका थिए । ट्रम्पले भनेका थिए : मैले टिम कुकसँग भनें कि, मेरो मित्र । म तपाइँसँग निके राम्रोसँग प्रस्तुत भइरहेको छु । तपाईं ५०० अर्ब डलर लिएर आउँदै हुनुहुन्छ । तर अहिले मैले सुन्दैछु कि तपाइँले भारतमा उत्पादन गरिरहनु भएको छ । म चाहन्न कि तपाईंले भारतमा उत्पादन गर्नुहोस् ।


प्रतिक्रिया