मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हमासले अपहरण गरेका इजरायली-अमेरिकी नागरिक अलेक्जेन्डर रिहा

हमासले अपहरण गरेका इजरायली-अमेरिकी नागरिक अलेक्जेन्डर रिहा

न्यूजस्टोरी

एजेन्सी । हमासले अपहरण गरेको १९ महिनापछि इजरायली-अमेरिकी नागरिक एडन अलेक्जेन्डर सोमबार राति रिहा भएका छन् । रिहा भएलगत्तै उनको परिवारसँग भेटेका छन् । गाजामा इजरायली सेनामा आबद्ध २१ वर्षीय उनलाई ७ अक्टोबर २०२३ मा हमासले अपहरण गरेको थियो ।

सोमबार इजरायलले बन्दी हस्तान्तरण कार्य सहज होस् भन्नका खातिर अस्थायी रूपमा गाजामा आक्रमण रोकेको थियो । हमासका शीर्ष अधिकारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यपूर्व भ्रमण अघि नै गरिएको यो रिहाइ नयाँ चरणको युद्ध विरामको बाटो तयार गर्न महत्त्वपूर्ण साबित हुने बताएका छन् । ट्रम्प मङ्गलबार मध्यपूर्व पुग्ने छन् ।
अलेक्जेन्डर हमासको साथमा रहेका अन्तिम जीवित अमेरिकी बन्दी भएको अनुमान गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलेक्जेन्डरको परिवारलाई बधाई समेत दिएका छन् । अलेक्जेन्डरको परिवारले ट्रम्पलाई धन्यवाद दिँदै बन्दी रहेका अन्य ५८ जनाको रिहाइका लागि इजरायल र अन्य मध्यस्थ देशहरूलाई अनुरोध गरेको छ ।