मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप

पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप

न्यूजस्टोरी

पाकिस्तानसँग युद्धविराम घोषणाको दुई दिनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो बेलुका राष्ट्रका नाममा सम्बोधन गर्नुभएको छ ।

उहाँले पाकिस्तानले आतङ्कवादलाई प्रश्रय दिएको आरोप लगाउनुभएको छ । आणविक हतियारको नाममा भइरहेको ब्ल्याकमेल सहन नसकिने उहाँको चेतावनी छ।

आफूहरूले गरेको जवाफी कारबाहीमा एक सय जनाभन्दा धेरै आतङ्ककारी मारिएका भारतीय प्रधानमन्त्री मोदीको दाबी छ । साथै उहाँले पाकिस्तानको अनुरोधमा भारत युद्ध रोक्न सहमत भएको पनि दाबी गर्नुभयो ।

पाकिस्तानविरुद्धको सैन्य कारबाही स्थगित गरिएको तर अवस्था हेरेर फेरि थप कारबाहीको निर्णयमा पुग्न सक्ने भारतीय पक्षले चेतावनी दिएको छ ।

मोदीले बुद्ध पूर्णिमाको समेत स्मरण गर्दै मानवता र शान्ति नै समृद्धिको यात्रा रहेको बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जम्मू–कश्मीरको पहलगाममा अप्रिल २२ तारिखमा भएको आतङ्कवादी आक्रमणको १५ दिनपछि भारतले अपरेशन सिन्दूर नामक सैन्य कारबाही थालेको थियो । तर गएको शनिवार दुई देश युद्धविरामका लागि सहमत भएसँगै जनजीवन सामान्य बन्दै गएको छ । बन्द विमानस्थलहरू खुलेका छन् ।