मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अष्ट्रेलियामा भएको चुनावमा एन्थनी अल्बनीज दोस्रो पटक प्रधानमन्त्री बन्ने निश्चित

अष्ट्रेलियामा भएको चुनावमा एन्थनी अल्बनीज दोस्रो पटक प्रधानमन्त्री बन्ने निश्चित

न्यूजस्टोरी

अष्ट्रेलियामा भएको आम चुनावमा अहिलेका प्रधानमन्त्री एन्थनी अल्बनीजले दोस्रो पटक जित्नुभएको छ । लेबर पार्टीका नेताको रूपमा उहाँले एकपक्षीय जित हासिल गर्नुभएको र फेरि प्रधानमन्त्री पदमा नियुक्त हुने निश्चित भएको बीबीसीले जनाएको छ ।

कन्जरभेटिभ लिबरल–नेसनल गठबन्धन देशभर पराजय भएपछि लेबर पार्टीको बहुमत अझ सुदृढ भएको छ । गठबन्धनका नेता पीटर डटन आफैंले समेत आफ्नो पुरानो निर्वाचन क्षेत्र गुमाउनु भएको छ । यो क्षेत्र विगत ३४ वर्षदेखि उनीहरूकै पकडमा थियो । उहाँले यस हारको सम्पूर्ण जिम्मेवारी आफैंले लिनुभएको छ ।

जीतपछि अल्बनीजले अष्ट्रेलियाली नागरिकले अष्ट्रेलियाली मूल्यको पक्षमा मतदान गरेका प्रतिक्रिया दिनुभएको छ । उहाँको जितपछि बेलायत र अमेरिका दुवैले अष्ट्रेलियासँग द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउन उत्सुकता व्यक्त गरेका छन् । लेबर पार्टीले झन्डै ८० सिटमा जित हासिल गर्न सक्ने आँकलन छ । लिबरल–नेसनल गठबन्धन झन्डै ५५ सिटमा सिमित रहने सम्भावना छ ।