मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतले पाकिस्तानी विमानका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्‍यो

भारतले पाकिस्तानी विमानका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्‍यो

न्यूजस्टोरी

भारतले पाकिस्तानी विमानहरूका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ । पहलगाम आक्रमणपछि पाकिस्तानसँग बढ्दो तनावका बीच भारतले आजदेखि आउँदो मे २३ सम्म पाकिस्तानी विमानहरूका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको समाचार एजेन्सी पीटीआईलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

यस सम्बन्धमा भारतीय विमानस्थल प्राधिकरण ९एएआई० ले नोटम जारी गरेको छ । हवाई क्षेत्रमा उडानहरूको सम्बन्धमा नोटम अर्थात् विमानकर्मीलाई सूचना जारी गरिन्छ ।

अब २३ दिनसम्म पाकिस्तानमा दर्ता भएका, पाकिस्तानी एअरलाइन्स र अपरेटरहरूद्वारा सञ्चालित, स्वामित्वमा रहेका वा भाडामा लिइएका विमानहरूका लागि भारतीय हवाई क्षेत्र उपलब्ध हुने छैन । एक वरिष्ठ सरकारी अधिकारीले यो प्रतिबन्ध पाकिस्तानको सैन्य विमानमा पनि लागू हुने पीटीआईलाई बताएका खबरमा उल्लेख छ ।

भारत र पाकिस्तानबीच सीधा उडान छैन । पाकिस्तानी एअरलाइन्सहरूले सिङ्गापुर, मलेशिया र अन्य पूर्वी एशियाली देशहरूमा उडानका भारतीय हवाई क्षेत्र प्रयोग गर्छन् ।

अप्रिल २२ मा पहलगाम आक्रमण भएको एक दिनपछि भारतले पाकिस्तानविरुद्ध धेरै कदम चालेको छ । यसमा सिन्धु जल सन्धि निलम्बन गर्ने, अटारीमा रहेको एकमात्र सञ्चालनयोग्य भूमि सीमा नाका बन्द गर्ने र कूटनीतिक सम्बन्धलाई घटाउने समावेश छ ।

यसको जवाफमा पाकिस्तानले भारतीय विमानहरूका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्दै तेस्रो देशहरूमार्फत भारतसँगको सबै व्यापार निलम्बन गरेको छ । सिन्धु जल सन्धिको बारेमा पाकिस्तानले यदि पानी रोक्ने वा मोड्ने कुनै प्रयास गरियो भने यसलाई युद्धको घोषणा मानिने बताएको छ ।