धनुषा । धनुषामा ६५ वर्षीया सासुको हत्या आरोपमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ । जनकनन्दनी गाउँपालिका– ५ उधाकी ६५ वर्षीया समुन्द्रीदेवी मण्डलको हत्या अभियोगमा उनकै बुहारी ३५ वर्षीया रक्षाकुमारी मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनलाई मंगलबार राति पक्राउ गरेको हो । प्रहरीका अनुसार घरायसी विवादका क्रममा उनीहरूबीच झगडा भई कुटपिट हुँदा समुन्द्रीको घटनास्थलमै मृत्यु भएको हो । घटनाको सूचनापछि इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले रक्षाकुमारीलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया