हेटौंडा । हेटौँडामा नाबालिग बलात्कार गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् । हेटौँडा-९ मा भएको घटनामा ८ वर्षका नाबालिग बलात्कारको आरोपमा एक जना पूर्वशिक्षकलाई पक्राउ गरिएको हो ।
नावालिगको परिवारले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरले अन्दाजी ५० वर्षका पुरुषलाई नियन्त्रणमा लिएको हो । घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले बताए ।
हेटौँडा-९ को प्रगति माविमा अध्ययन गर्ने नाबालिगलाई अहिले सिविन बाल हेल्पलाईनको संरक्षणमा राखिएको जनाइएको छ ।


प्रतिक्रिया