मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा

रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा

न्यूजस्टोरी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगी अभियोगको मुद्दा जिल्ला न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासमा परेको छ । लामिछानेविरुद्ध आइतबार बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संठगित अपराधको कसुरमा अदालतमा मुद्दा दर्ता भएको थियो ।

लामिछाने बिहान १० बजे अदालतमा हाजिर भएको जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए । अब उनको बयान हुनेछ । बयानपछि थुनछेक बहस शुरू हुने उनले बताए । लामिछाने श्रीमती निकिता पौडेलका साथ मंगलबार साँझ भैरहवा आइपुगेका पुगेका थिए । लामिछाने, छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र शुरू मुद्दाका २८ सहितगरी ४२ जनाविरुद्ध जिल्ला अदातलमा मुद्दा दर्ता भएको थियो ।

लामिछाने र पूर्व डीआइजी समेत रहेका जोशीसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसूरमा पूरक र जितेन्द्रबाबु राई (जीबी)सहित १७ जनालाई थप कसुर र बिगो थपसहितको मुद्दा दर्ता भएको हो । पूरक र थप अभियोगसहित सुप्रिम सहकारीको रकम अपचलनमा संलग्न देखिएका ४२ जना प्रतिवादीविरुद्ध मुद्दा दर्ता भएको हो । यसको प्रतिवादका लागि केही कानुन व्यवसायीको साथमा मङ्गलवार साँझ नै उनी भैरहवामा आइपुगेका थिए । सूचना अधिकारी मरासिनीका अनुसार अदालती प्रक्रियाअनुसार केही समयमै कुन इजलासमा पठाउने निश्चित हुनेछ ।